दुःखद् घडीमा सहयोग गर्नुको साटो अमेरिकाले ‘त्रास’ फैलाइरहेको छ : चीन

maitrinews

 

बेइजिङ । अमेरिकाले कोरोना भाइरसका बारेमा ‘त्रास’ फैलाइरहेको चीनले आरोप लगाएको छ । चीनले सोमबार अमेरिकाले प्राणघातक कोरोना भाइरस नियन्त्रणका लागि सहयोगभन्दा बढी त्रास फैलाएको आरोप लगाएको हो । सबै चिनियाँ यात्रुमाथि प्रतिबन्ध लगाएर अमेरिकाले त्रास फैलाएको चीनले आरोप लगाएको छ ।
‘अमेरिकाले खासै महत्वपूर्ण सहयोग गरेको छैन। उसले केवल ‘त्रास’ मात्रै फैलाइरहेको छ,’ चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिङले नियमित पत्रकार सम्मेलनमा बताइन्।