फिल्म ‘८३’मा दीपिकाको केमियो रोल

maitrinews

 

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला फिल्म ‘८३’ को छायांकनमा व्यस्त छिन्। हालै यसै फिल्मबाट दीपिकाको पहिलो लुक्स सार्वजनिक भएको छ।
सार्वजनिक तस्विरमा उनी क्रिकेटर कपिल देवको श्रीमती रोमी भाटियाको लुक्समा देखिएकी छिन्। किकेटर कपिल देवको जीवन कथामा निर्माण हुन लागेको यस फिल्ममा दीपिका उनको श्रीमती रोमीको भूमिका निर्वाह गर्दैछिन्।

फिल्ममा उनको मुख्य भूमिका नभएर केमियो रोल छ। तर दीपिकाले यस फिल्ममा केमियो रोल भएपनि यो फिल्म आफ्नो लागि निकै महत्वपूर्ण रहेको बताएकी छिन्।