९४ वर्षीय महाथिरद्वारा प्रधानमन्त्री पदबाट राजीनामा
मलेसिया । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन्।
महाथिरले दुई वाक्यको राजीनामा पत्र मलेसियाका राजालाई सोमबार बुझाएका हुन्।
केही हप्तादेखि शुरु भएको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला उनले राजीनामा दिएर नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
महाथिरको राजीनामासँगै उनको पार्टीले सत्तारुढ गठबन्धन पनि छाडेको छ। ९४ वर्षीय महाथिर दुई वर्षअघि भएको निर्वाचनपछि प्रधानमन्त्री बनेका हुन्।