फ्रान्सका संस्कृति मन्त्रीलाई कोरोना संक्रमण

maitrinews

 

पेरिस । फ्रान्सका संस्कृति मन्त्री फ्र्यान्क रियस्टरलाई नोभेल कोरोना भाइरस भएको पुष्टि भएको छ ।

फ्रान्सको संस्कृति मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनलाई कोरोना भाइरस भएको पुष्टि गरेको हो ।

उनको स्वास्थ्य अवस्था भने ठिक रहेको मन्त्रालयले जनाएको छ । उनी गत साता राष्ट्रिय सभामा सहभागी भएका थिए । जहाँ कोरोना संक्रमण भएका पाँच साँसदसमेत उपस्थित भएका थिए ।
फ्रान्समा कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ पुगेको छ भने एक हजार ४१२ जना संक्रमित छन् ।

फ्रान्समा ८ वर्षीय बालकलाई समेत कोरोना संक्रमण भएको छ । कोरोना संक्रमित मध्ये ६९ जनाको अवस्था गम्भीर रहेको स्थानीय मिडियाहरुले जनाएका छन् ।