अमेरिकामा कोरोनाबाट २२ लाख मानिस मर्ने सम्भावना

maitrinews

 

अमेरिका । अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। अमेरिकाका ५० वटै राज्यमा पुगेको कोरोनाको संक्रमण आउने महिनामा झनै तीव्र गतिले फैलिने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन्। साथै फरक(फरक अध्ययनले धेरै मानिसको मृत्यु हुने जनाएका छन्।

न्युयोर्क टाइम्सका अनुसार सरकार र नागरिकले कोरोना भाइरस ९कोभिड(१९० विरूद्ध लड्न बलियो सतर्कता अपनाएनन् भने २२ लाख सम्म अमेरिकी नागरिकको मृत्यु हुन सक्ने बेलायती अनुसन्धानकर्ताहरूले जनाएका छन्।

बेलायती अनुसन्धानकर्ताको चेतावनीपछि अमेरिकामा मानिसको सार्वजनिक जमघटमा थप कडाइ गरिएको छ। अध्ययन सार्वजनिक हुनुअघि आइतबारसम्म ५० जनाभन्दा धेरै मानिस एकै ठाउँमा जमघट नहुन भनिएको थियो। अमेरिकन सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सिडिसी०ले तोकेको सो संख्यालाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सोमबार १० मा झारिदिएको न्युयोर्क टाइम्सले जनाएको छ।

कोरोनाबाट हुन सक्ने मानवीय क्षतिका सम्बन्धमा अमेरिकामा पनि विभिन्न अध्ययन र प्रक्षेपण भएका छन्।

न्युयोर्क टाइम्सका अनुसार सिडिसीकै अध्ययनले पनि अमेरिकामा कम्तिमा २ देखि १७ लाखसम्म मानिस मर्न सक्ने प्रक्षेपण गरेको छ।

त्यस्तै नेब्रास्का विश्वविद्यालयको एक अध्ययनले ४ लाख ८० हजारसम्म अमेरिकीको कोरोना भाइरसका कारण मृत्यु हुन सक्ने जनाएको छ।

अहिले तीव्र गतिमा फैलिरहेको कोभिड(१९ अमेरिकामा आउने महिनाहरूमा झनै रफ्तारका साथ फैलिन सक्नेछ। जुनको मध्यदेखि मात्र यसको संक्रमणमा कमी आउने अनुसन्धाकर्ताले जनाएका छन्।

कोरोना भाइरसको विस्तारलाई कम गर्न सार्वजनिक यातायात कम गर्ने, विद्यालय, सिनेमा हल, रेष्टुरा बन्द गर्ने, सार्वजनिक जमघटलाई दुरूत्साहित गर्नेलगायतका उपाय अपनाउन सुझाइएको छ।

कोरोनाविरूद्ध भ्याक्सिनको विकास गर्न संसारभर प्रयत्न भइरहेका छन्। यही सातामात्रै अमेरिकाको सियाटल शहरमा मानिसमा पहिलो पटक त्यस्तो भ्याक्सिनको परीक्षण गरिएको छ। उक्त भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको प्रमाणित हुन र बजारमा उपलब्ध हुन करिब १२ देखि १८ महिनासम्म लाग्ने जनाइएको छ।