कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चीन र इटलीभन्दा अमेरिकामा धेरै

maitrinews

 

अमेरिका । कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा पुगेको छ।

जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड १९ सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय पुगेको छ।

चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ।

ठूलो सङ्ख्यामा सङ्क्रमित पाइएको बारे सोधिएको प्रश्नमा राष्ट्रपति डोनल्ड ट्रम्पले यो धेरै परीक्षण गरेको कारण भएको बताए।
राष्ट्रिय स्तरमा आवश्यक औषधोपचार सामग्री नभएका गुनासोलाई उनले अस्वीकार गरेका छन्।
आफ्नो प्रशासनले आपतकालीन आपूर्तिबारे बिग्रिएको प्रणाली बिरासतमा पाएको उनले बताए।