कोरोनाबाट विश्वका २०३ मुलुक संक्रमित, मृतकको संख्या ३४ हजार
अमेरिका । कोरोना भाइरसबाट विश्वका २०३ मुलुकमा संक्रमित भएका छन् । कोरोना भाइरसका कारण पछिल्लो तथ्यांक अनुसार विश्वभर मृत्यु हुनेको संख्या ३४ हजार पुगेको छ ।
त्यस्तै ७ लाख २१ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । विश्वका २०३ मुलुकमा संक्रमण फैलिदा बिरामी परेकामध्ये उपचारपछि १ लाख ५० हजार ९३९ जना निको भएर घर फर्किएका छन् ।