भारतीय अभिनेता अमिताभ बच्चन र छोरा अभिषेक बच्चन कोरोना संक्रमित

maitrinews

 

भारत । भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि बलिउडका हस्तीहरू र उनका प्रशंसकहरूले उनको सुस्वास्थ्यको कामना गरेका छन्।

आफूलाई कोभिड १९ भएको उनले गत मध्यराततिर ट्वीटमार्फत् जानकारी गराएका थिए। लगत्तै उनका छोरा तथा फिल्म अभिनेता अभिषेक बच्चनले पनि आफू पनि सङ्क्रमित भएको जानकारी दिएका थिए।

दुवैलाई ट्विटरमा हजारौँ शुभेच्छुकले स्वास्थ्यलाभको कामना गरेका छन्। त्यसमा बलीवुडका कलाकारदेखि पत्रकार, खेलाडी, राजनीतिककर्मी र सर्वसाधारणलगायत विभिन्न क्षेत्रका मानिसहरू छन्।

ट्विटरमा अमिताभ बच्चनका चार करोड ३० लाखभन्दा बढी र अभिषेक बच्चनका डेढ करोडभन्दा बढी फलोअर छन्।

अभिताभ बच्चनले ट्वीट गर्दै भनेका छन्, ूमेरो परीक्षण पोजेटिभ देखिएको छ, अस्पतालमा भर्ना भएको छु। अस्पतालले अधिकारीहरूलाई सूचित गरिरहेको छ। परिवारका सदस्य र हाम्रा कर्मचारीहरूको पनि परीक्षण गरिएको छ।ू

उनी ७७ वर्षका छन्। पाँच दशकदेखि हिन्दी फिल्मका स्टार बनेका उनले २०० वटा चलचित्रमा अभिनय गरेका छन्।