सज्जा चौलागाईं बनिन् तेस्रो नेपाल आइडल

 

काठमाडौं । सज्जा चौलागाईं नेपाल आइडल सिजन ३ की विजेता घोषित भएकी छिन्।

फाइनलमा प्रवीण बेडुवाल र किरणकुमार भुजेललाई पछि पार्दै सज्जा पहिलो महिला नेपाल आइडल बनेकी हुन्।

मोरङकी सज्जा हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बस्दै आइरहेकी छिन्।

विद्यालयमाहुँदा देखि नै गायन प्रतियोगितामा सहभागि भइ प्रथम हुँदै आएकी सज्जा नेपाल आइडलमा प्रवेश गरेसँगै उनको रक पप शैली बोल्ड आवाजको चर्चा हुन थालेको थियो।

नेपाल आइडलमा सहभागी हुनु अघि सज्जाले काठमाडौंका विभिन्न लाउन्जहरुमा लाइभ सांगितिक प्रस्तुती दिने गर्थिन्। सज्जाले ‘दि लोडिङ’ नामक ब्यान्डमा समेत आबद्ध भएर काम गरेकी छिन्।

हाल स्नातक गरिरहेकी सज्जाले संगीतमा भविष्य बनाउनुका साथै फेसन डिजाइर बन्ने सपना समेत बुनेकी छिन्।