गोविन्द निहलानीका ३ उत्कृष्ट फिल्म

maitrinews

 

काठमाडौँ । गुरु दत्तका सिनेमाटोग्राफर भनेर चिनिने विके मूर्ति र निर्देशक श्याम बेनेगलसँग काम गरेका गोविन्द निहलानी चर्चित निर्देशक तथा सिनेमाटोग्राफर हुन्।

समानान्तर वा आर्ट हाउस भनेर धारका सिनेमा बनाउने भिडमा उनले बनाएका केही फिल्मले एकैपटक दर्शकको मथिंगल र समाज हल्लाउने काम गर्‍यो।

राजनीति र अपराधसँग जोडिएका विभिन्न पक्षमा उनले बनाएका ुआक्रोशु, ुअर्धसत्यु, ुहजार चौरासी की माँु जस्ता फिल्म आज पनि विशेष मानिन्छन्।

भारत पाकिस्तान विभाजनको पृष्ठभूमिमा रचिएको भीष्म सहानीको चर्चित उपन्यास ुतमसुको कथामा उनले बनाएको टेलिभिजन फिल्म ुतमसु पनि उत्तिकै चर्चित छ।

पटक पटक राष्ट्रिय पुरस्कार जित्न सफल निहलानीका यी फिल्ममा भारतीय लोकतन्त्र र राज्य व्यवस्थाका कमजोरी र त्यसले जन्माएको उथलपुथलका असरहरू भेटिन्छन्।

उनै निहलानीका युट्युबमा उपलब्ध ३ फिल्म यो सूचीमा राखिएका छन्।
गोविन्द निहलानी

आक्रोश, १९८०

निर्देशकका रूपमा गोविन्द निहलानीको पहिलो फिल्म हो ुआक्रोशु। पहिलो फिल्ममै उनले यस्तो छाप छाडे कि यो धेरै उत्कृष्ट फिल्मको सूचीमा आज पनि पर्न सफल छ।

ुआक्रोशु धेरै कारणले विशेष फिल्म हो। कथा, विषयवस्तु, प्रस्तुति र कलाकारको अभिनय तीमध्ये केही खास राम्रा पक्ष हुन्। मराठी रंगमञ्चका ख्यातीप्राप्त लेखक विजय तेन्डुलकरको नाटकमा आधारित यो फिल्म वास्तविक घटनामा आधारित छ।

गोविन्द निहलानीका धेरै फिल्मको आरम्भ दुर्घटना, मृत्यु वा अनिश्चयको संकेतबाट भएको पाइन्छ। ुआक्रोशुको आरम्भ आदिवासी श्रमिक लाहन्या भिखुलाई आफ्नै पत्नी नागी भिखुको हत्या अभियोगमा पक्राउ परेको घटनाबाट हुन्छ। भिखुको पक्षमा लड्न सरकारी वकिल भास्कर ९नशिरुद्दिन शाह० खटिन्छन्। तर पटक पटक आग्रह गर्दा पनि भिखुले भास्करसँग एक शब्द बोल्दैनन्।

आफ्नो जीवनकै पहिलो मुद्दा लड्न लागेका भास्करका लागि भिखुको मौनता चुनौती बनिदिन्छ। भिखु मात्रै हैन, भिखुका बुबा र बहिनी पनि मौन बसिदिए पछि भास्कर झनै परेशान बन्छन्। यो परेशानी तब झनै बढ्छ जब भास्कर माथि अज्ञात व्यक्तिहरूद्वारा पटक पटक आक्रमण हुन्छ।

फाँसीमा चढ्न लाग्दा पनि भिखु किन मौन ?

यो प्रश्नले वकिल भास्करलाई जस्तै तपाईं हामीलाई पनि सताउँछ। फिल्म हेर्दै गर्दा यस्तो लाग्छ, भिखुले एक शब्द भए पनि बोलून्। ुआक्रोशु को शक्ति नै यही मौनता हो। कथाको गाँठो पनि यही मौनताभित्र कसिएर बसेको छ। हामीलाई पात्रजस्तै उकुसमुकुस बनाउने यो मौनता अविराम कायम राख्ने पात्रका रुपमा ओम पुरीले कमालको अभिनय गरेका छन्।

अर्कोतिर प्रश्न सोधेर र विभिन्न आक्रमणको भय पालेर आफ्नो कर्तव्य निर्वाह गर्ने वकिलको भूमिकामा नशिरुद्दिन शाहको अभिनय पनि खास छ।

यी दुई पात्रबाहेक भिखुकी श्रीमतीको भूमिकामा स्मिता पाटेल र विपक्षी वकिलका रूपमा अमरिश पुरीले अभिनय गरेका छन्। भारतीय लोकतन्त्र र न्याय व्यवस्थामाथि प्रश्न उठाउने यो फिल्ममा ओम पुरीको आक्रोशलाई आममान्छेको आक्रोशका रूपमा देखाइएको छ।

यो आक्रोश अमिताभ बच्चनको जस्तो धेरै मान्छेलाई एकै पटक पिट्न सक्ने ुएंग्री यङ म्यानु वाला आक्रोशको विपरीत छ। निरीह र दमित आममान्छेरआदिवासीको आक्रोशको एउटा हृदयविदारक रूप थाहा पाउन पनि ुआक्रोशु हेर्नपर्ने फिल्म हो।

ुआक्रोशु ले फिल्म फेयर अवार्ड र नेसनल अवार्ड दुवैतिर निर्देशन, अभिनय, सिनेमाटोग्राफी, कथा, पटकथाजस्ता महत्वपूर्ण पुरस्कार जितेर सनसनी मच्चाएको थियो।

द्रोहकाल, १९८४

ुद्रोहकालु दुई प्रहरी अफिसरको आतंकवादी संगठनसँग लड्ने प्रयासको कथा हो। आतंकवादी समूहद्वारा निर्दोष सर्वसाधरणको हत्या शृंखला बढिरहेका बेला टास्क फोर्स अफिसर डिसिपी अब्बास लोधी ९नशिरुद्दिन शाह० ले आफ्ना दुई प्रहरी जवानलाई गोप्य रुपमा आतंकवादी समूहमा प्रवेश गराउने अपरेसन चलाउँछन्। विशेष तालिम दिइएको यो गोप्य मिसनलाई धनुष नाम दिइन्छ।

धनुष मिसनबारे डिएसपी अब्बासले डिसिपी अभय सिंह ९ओम पुरी०लाई मात्रै जानकारी दिएका हुन्छन्। फिल्मको कथा यही धनुष मिसन वरिपरि घुम्छ। मिसनमा जाने दुई जवान प्रहरीको भूमिकामा मिलिन्द गुनाजी र मनोज बाजपेयी छन्। आतंकवादी समूहको मुख्य कमान्डर भद्रको भूमिका आशिष विद्यार्थीले निर्वाह गरेका छन्।

प्रहरीभन्दा अपराधी अघि भनेजस्तै यो फिल्ममा धनुष मिसनबारे आतंकवादी समूहले केही समयपछि सुइँको पाइहाल्छ। आतंकवादी समूहको सञ्जाल र संगठन यति बलियो हुन्छ कि कमान्डरले प्रहरी हिरासतमा रहँदा पनि अभय सिंह र उनको परिवारमाथि दबाब दिन सफल हुन्छन्।

यो द्वन्द्वमा कुन पक्षको जितहार हुन्छ फिल्म हेरेर थाहा पाउनु होला।

यी दुई पक्षको द्वन्द्व नै यो फिल्मको रोचक पक्ष हो। तर दुई पक्षबीचको यो संघर्ष फिल्मी रमाइलो मात्रै हैन। यसमा तत्कालीन भारतीय समाजले बेहोरिरहेको हिंसात्मक राजनीतिक गतिविधि र त्यसका असर देख्न पाइन्छ। राज्य संरचनाभित्र खस्कदो नैतिक संकट र चुनौतीका प्रभाव भेटिन्छ।

एकातिर, फिल्ममा मुख्य पात्रमार्फत सुरक्षाकर्मीले शान्ति सुरक्षाका लागि गरेका इमानदार प्रयास र त्यसका सीमालाई देखाइएको छ। अर्कोतिर, भद्रजस्ता शिक्षित युवा पुस्ताले हिंसात्मक गतिविधि गर्नुमा राज्यको असफलता र त्यसबाट जन्मेको निराशालाई इंगित गरिएको छ।

फिल्मका दुई मुख्य पात्रहरू ओम पुरी र आशिष विद्यार्थीबीचको संवाद विशेष छ। आशिष विद्यार्थीले यो फिल्ममा निर्वाह गरेको चरित्रका लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय पुरस्कार जितेका थिए।

गोविन्द निहलानीलाई ुद्रोहकालु का लागि दामास्कस इन्टरनेसनल फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको पुरस्कार दिइएको थियो। यही फिल्मबाट ओम पुरीको श्रीमतीको भूमिका निर्वाह गर्ने मीता वशिष्ठ स्क्रिन अवार्डमा उत्कृष्ट सहायक अभिनेत्री घोषित भएकी थिइन्। कमल हसनको अभिनय रहेको ुद्रोहकालुको तमिल भर्सन ुकुरुथिपुनालु पनि उत्तिकै चर्चित छ।

हजार चौरासी की माँ ९१९९८०, निर्देशक गोविन्द निहलानी

कुनै धार्मिक फिल्मको नामजस्तो लाग्ने ुहजार चौरासी की माँु चर्चित लेखक महाश्वेता देवीको उपन्यासमा आधारित फिल्म हो।

सुजाता चटर्जी ९जया बच्चन० लाई मध्यरातमा आकस्मिक फोन आउँछ। झस्किँदै बिउँझिएकी उनलाई त्यो फोनले झनै व्याकुल बनाउँछ। त्यसपछि सुजाताले जुन कथा दर्शकलाई सुनाउँछिन्, त्यो कथाले दर्शकलाई पनि व्याकुल बनाउँछ।

आमाले आफ्नै अतीततिर फर्केर छोरा ब्रतिलाई बुझ्न गरेको कोशिसको कथा हो ुहजार चौरासी की माँु। यो कोशिसमा उनले छोराको जीवनका नयाँ नयाँ पत्र भेट्दै जान्छिन्।

फ्ल्यासब्याक र वर्तमानलाई जोड्दै भनिने कथाको केन्द्रमा नक्सलाइट आन्दोलन छ। तर यो फिल्मलाई आमा छोराबीचको सम्बन्धको कथा भन्न मिल्छ। यो फिल्ममा जया बच्चनले निर्वाह गरेको आमाको भूमिका संवेदनशील छ। यति बलियो चरित्र कमै देख्न पाइन्छ।

फिल्ममा अनुपम खेर, नन्दिता दास, सीमा विश्वास र मिलिन्द गुनाजीलगायत कलाकार पनि महत्वपूर्ण भूमिकामा छन्। यो पनि निहलानीको राष्ट्रिय पुरस्कार जित्न सफल फिल्म हो।