भारतीय अभिनेता सञ्जय दत्तलाई क्यान्सर

maitrinews

 

मुम्बई । भारतीय चलचित्र उद्योगका स्थापित अभिनेता सञ्जय दत्तले आफूलाई क्यान्सर भएको पुष्टि गरेका छन्। भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आएका थिए।
सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै ६१ वर्षीय दत्तले आफूले ूचाँडै क्यान्सरलाई परास्त गर्नेू विश्वास व्यक्त गरेका छन्।

उनले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने सुरु गर्ने बताएका छन्।

हिलेसम्म दत्तले १५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्।
गत अगस्ट महिनामा सास फेर्न गाह्रो भएपछि उनको कोभिड(१९ परीक्षण गरिएको थियो। तर उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको देखिएन।
त्यसपछि मुम्बईस्थित लीलावती अस्पतालमा विभिन्न परीक्षण गरियो।
फोक्सोको क्यान्सर देखिएको अपुष्ट समाचारअनुसार आएकै बेला उनले ूऔषधोपचारका लागि कामबाट छोटो बिदाू लिने बताएका थिए।