पाकिस्तानमा कोइलाखानीका ११ मजदुरको अपहरणपछि हत्या

maitrinews

 

पाकिस्तान । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ।
ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो।
मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू हुन्।
शिया इस्लाम धर्म मान्ने भएकाले उनीहरूलाई कट्टरपन्थीहरूले निसाना बनाउने गरेका छन्।

प्रधानमन्त्री इमरान खानले उक्त घटनालाई ूअमानवीय आतङ्ककारी कार्यू भन्दै निन्दा गरेका छन्।