काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिनुभएको छ ।
बोहराले केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।
पूर्व माओवादीबाट निर्वाचित बोहोराले मुख्यमन्त्रीसहित प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग असहमति जनाएर सरकार छाडेको बताउनुभएको छ ।