अमेरिकी संसद्‌मा ट्रम्प समर्थकको हङ्गामा

maitrinews

 

अमेरिका । भीड प्रवेश गरेर अवरुद्ध भएको अमेरिकी संसद्‍मा बैठक पुनः सुरु भएको छ।
अमेरिकी संसद्‌ रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि उक्त बैठक पुनः सुरु भएको हो।
उक्त बैठकमा राष्ट्रपति(निर्वाचित जो बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ।
सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू प्रवेश गरेपछि संसदीय बहस रोक्नु परेको थियो।
प्रदर्शनकारीहरूले भवनका झ्यालहरू तोडफोड र प्रहरीसँग मुठभेड गरेका थिए।
यसक्रममा प्रहरीको गोली लागेर एक महिला प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ।

संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ।
आफ्ना ट्विटहरूमार्फत् ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि ुआइ लभ यूु लेखेका थिए।
ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लङ्घन गरेको भन्दै ट्विटरले तिनलाई हटाइदिएको छ।

त्यसो नगरेमा उनको खातालाई नै बन्द गरिनुपर्थ्यो भन्ने ट्विटरको स्पष्टीकरण छ।

फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाइएको छ।

यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडिओ सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए।