बेजोसलाई उछिन्दै मस्क बने विश्वकै धनाड्य

maitrinews

 

काठमाडौं । अमेरिकी घनाढ्य एलन मस्क विश्वकै धनाड्य बन्न सफल भएका छन् । अर्का अमेरिकी धनाढ्य जेफ बेजोसलाई उछिन्दै मस्क पहिलो नम्बरमा पुगेका हुन् । टेस्ला कार कम्पनी एवं स्पेस एक्स अन्तरिक्ष सम्बन्धी कम्पनीका संस्थापक मस्कको सम्पत्ति १९५ बिलियन पुगेको छ ।
त्यस्तै बेजोसको सम्पत्ति १८५ बिलियन पुगेको छ । बिहीबारमात्रै १८१ बिलियन अमेरिकी डलर रहेका मस्कको सम्पत्ति एकै दिन १४ बिलियनले बढेर १९५ पुगेको हो । बेजोसको भने एक बिलियनमात्र थपिएको हो ।

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार अमेरिकीहरुको वर्चश्व रहेको धनाढ्यको सूचीमा बिल गेट्स भने तेस्रो स्थानमा छन् ।

चौो स्थानमा फ्रेन्च धनाढ्य बेनार्ड आर्नल्ड रहेका छन् । उनको सम्पत्ति ११६ बिलियन अमेरिकी डलर रहेको छ ।

पाँचौं स्थानका फेसबुकका मालिक अमेरिकी मार्क जुकरबर्गको सम्पत्ति १०२ बिलियन रहेको छ ।

छैटौं स्थानका चिनियाँ झोङ शानशानको सम्पत्ति ९३।१ बिलयन अमेरिकी डलर रहेको छ ।

सातौं स्थानका अमेरिकी वारेन बुफेटको ८८।२ बिलियन तथा आठौं स्थानका अमेरिकी ल्यारी पेजको सम्पत्ति ८३।६ बिलियन रहेको छ ।

नवौं स्थानका अमेरिकी सर्गे ब्रिनको ८१ बिलियन तथा दशौं स्थानका ल्यारी एलिसनको सम्पत्ति ८० बिलियन सम्पत्ति रहेको छ ।

भारतका मुकेश अम्बानी ७३।४ बिलियन सहित १३ औं स्थानमा रहेका छन् । भारतकै उद्यमी गौतम अडानी ३४।५ बिलियन अमेरिकी डलर सम्पत्तिसहित ३७ औं स्थानमा छन् ।