अमेरिकी राष्ट्रपति ट्रम्पको ट्विटर खातामा लाग्यो स्थायी प्रतिबन्ध

maitrinews

 

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाता स्थायी रूपमा निलम्बित भएको छ। सामाजिक सञ्जालसम्बन्धी उक्त कम्पनीले ूहिंसा थप उक्साउने खतराू रहेको भन्दै उनको खाता बन्द गरेको हो।

बीबीसीका अनुसार ट्विटरले ूडोनल्ड ट्रम्पको खाताबाट हालै गरिएका ट्वीटको समीक्षापछिू उक्त निर्णय लिइएको जनाएको छ। केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए।

बिहीवार पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको ूराक्षसी व्यवहारू माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताएकी थिइन्।

ट्रम्पले क्यापिटल हिलमा हमला गर्नेलाई ूदेशभक्तू भनेपछि उनको खाता बुधवार १२ घन्टाका लागि अवरुद्ध गरिएको थियो। अमेरिकी संसद्ले राष्ट्रपतीय चुनावमा जो बाइडनको जितलाई औपचारिकता प्रदान गर्न प्रयास गर्दा ट्रम्पका सयौं समर्थकहरू क्यापिटल भवनमा प्रवेश गरेका थिए। हिंसा भड्किँदा चारजना सर्वसाधारण र एक प्रहरी अधिकारीले ज्यान समेत गुमाएका थिए।