इन्डोनेसियाको विमान समुद्रमा खसी दुर्घटनाग्रस्त

maitrinews

 

जाकर्ता । इन्डोनेसियाका अधिकारीहरुले बोइङ ७३७ विमान दुर्घटना भएको सम्भावित स्थान पत्ता लागेको बताएका छन् । श्रीविजया एयरको जेट विमान राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा दुर्घटनाग्रस्त बनेको थियो ।
६२ जना सवार विमान पश्चिमी कालिमान्टान प्रान्तस्थित पोन्टियानाकका लागि उडान भरेको विमान चार मिनेटपछि नै सम्पर्कविहीन बनेको थियो ।

अहिले दुर्घटना भएको सम्भावित क्षेत्रमा १० वटा जहाज र नेभीका गोताखोरहरु परिचालित गरिएका छन् । रात परेका कारण उद्धार र खोजी कार्य स्थगित गरिए पनि आइतबार बिहानबाट पुनः त्यसलाई सुचारु गरिएको छ ।