प्रतिनिधिसभा विघटन राजनीतिक प्रश्न : ओली

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु राजनीतिक विषय भएको र उक्त निर्णयविरुद्ध परेका मुद्दाहरू सर्वोच्च अदालतले खारेज गर्नुपर्ने तर्क गर्नुभएको छ ।

राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद्को तल्लो सदन विघटनको निर्णय संवैधानिक वा कानुनी निर्णयभन्दा पनि राजनीतिक भएको र आवश्यकताको सिद्धान्तअनुसार त्यसो गरिएकाले दाबी गर्दै रिटहरू खारेज हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

ूयो राजनीतिक प्रश्न हो। यो संवैधानिक र कानुनी प्रश्न वास्तवमा होइन। यस राजनीतिक प्रश्नलाई कानुनी प्रश्नको रूपमा संवैधानिक प्रश्नको रुपमा अदालतले इन्टरटेन गरिरहनुभन्दा यसलाई केही भनिरहनु भनेर यसलाई बर्खास्त गरिदिनुपर्छ,ू उहाँले भन्नुभयो ।