घट्यो सुन-चाँदीको मूल्य

काठमाडौं, २९ भदौ  । नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक हजार दुई सय रूपैयाँले बढेको सुनको भाउ आज उही परिमाणमा घटेको हो। महासंघले जनाएअनुसार आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबार तीन लाख दुई हजार दुई सय रूपैयाँ थियो।

चाँदीको मूल्यमा पनि आज कमी आएको छ। आइतबार प्रतितोला चार हजार ६ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार ६ सय २० रूपैयाँमा किनबेच भइरहेको छ, अर्थात् अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँले घटेको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *