गुडविल फाइनान्स लिमिटेडको साधारण सभा सम्पन्न

maitrinews

 

काठमाडौँ । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ औ वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतीय माध्यमबाट सम्पन्न भएको छ । । उक्त बार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष श्री विश्व प्रकााश साखःज्यूले आ.व. २०७६÷०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८५ ले वृद्धि गरी रु.८,४९,३९,९८,७१७ तथा कर्जा तर्फ १५.८८५ ले वृद्धि गरी रु. ६,८४,०५,४५,५०४ पु¥याएको जानकारी दिनुका साथै सस्थाका अध्यक्ष श्री विश्व प्रकााश साखःज्यूले प्रस्तुत गर्नुभएको आ.ब.२०७६÷०७७ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट ८.४५ बोनस शेयर तथा ३.६५ नगद लाभांश गरि जम्मा १२५ वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ ।

सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत श्री सरोज काजी तुलाधरज्यूले गत बर्ष विश्वभर महामारीको रुपमा फैलिएको (ऋइख्क्ष्म् (ज्ञढ) का कारण नेपाल सरकारले घोषण गरेको बन्दाबन्दी तथा यसबाट उत्पन्न भएका अन्य विविध समस्याका कारण सम्पूर्ण आर्थिक गतिविधि लगायत नियमित व्यवसायमा समेत उत्पन्न हुन गएको शिथिलताका बाबजुद पनि वित्तीय संस्थाले अपेक्षा जनक रुपमै कार्य गर्दै लगानी कर्ताहरुलाई गत बर्ष भन्दा बढी प्रतिपफल दिन सकेको सभामा जानकारी गराउनुभयो ।

श्ययm ःभभतष्लन मार्फत सम्पन्न भएको साधारण सभामा बोल्ने शेयरधनीहरुले वित्तीय संस्थाले यस बर्ष थप प्रगति गरी अझ बढि प्रतिफल प्राप्त गर्न सकियोस भनि शुभकामना दिनुभएको थियो ।

साथै साधारण सभाले पारित गरेको उक्त आ.व.को ३.६५ ले हुन आउने नगद लाभांश सोहि दिन शेयरधनीहरुको खातामा पठाइएको छ ।