प्रधानमन्त्रीको दौडमा छैन : देउवा

 

काठमाडौँ । का‌ंग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ ।

शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित महाकाण्ड पुस्तकको विमोचन कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको बताउनुभएको हो ।

म प्रधानमन्त्री हुने रेसमै छैन । म प्रधानमन्त्री हुनै चाहेको छैनु, उहाँले भन्नुयो,विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो । तर मलाई प्रधानमन्त्री हुनु पनि छैन । यी सबै कुरामा नलाग्नु होला ।

प्रमुख प्रतिपक्ष कांग्रेसले प्रतिनिधि सभामा प्रधानमन्त्रीविरुद्ध दर्ता गरिने अविश्वासको पक्षमा उभिने–नउभिने भन्ने विषयमा तत्काल निर्णय नगर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *