तिम्रा त्यस्ता विचारमा म थुक्छु ११ शिवराज कलौनी भि न पा ३ कंचनपुर

maitrinews

 

विधवाको सेतो सारि देखेको बाटो बाटै नहिड्ने
तर षोडसि यौवनाको अंग प्रत्यंग भोगको लालसा राख्ने
अपाङ्ग,टुहुरा, घरबारबिहिन को मर्म नबुझ्ने
रक्सि,जाँडको नसामा मात्र जसलाई पनि सहोदर भाइ भनि धर्म नबुझ्ने
थुक्क ११ तिम्रा त्यस्ता विचारमा म थुक्छु११

राम्रो, आदर्श मान्छे आफ्नो श्रीमान् नै भएपनि
आदर्श, पतिव्रता स्त्री आफ्नो श्रीमती नै भएपनि
पार्टी ,दल फरक भएपछि हेर्ने गिद्धे नजर नै बदल्छौ
को गोकर्ण र को धुन्धुकारी हो त्यो त थाहा नै छ
तर तिम्रो हेर्ने नजर प्रति म डकारपछिको खकार निकालेर थुक्छु १११
थुक्क ११ तिम्रा त्यस्ता पतित विचारमा म थुक्छु ११

सन्जाल मा आफ्नै पार्टीका लाइ मात्र लाइक कमेन्ट गरेको देख्दा
आफ्नै घरका आमाबुबा र दाजुभाइप्रति टेरपुच्छर नलाएको देख्दा
मान्छेबाट तिमि मानव सम्म कति वर्ष मा पुग्छु भन्ने अन्दाज नबोकेका तिमि
विश्वबन्धुत्व लाइ सिगौरी खेलेर लहैलहैमा व्यर्थ यो मुल्यवान जिन्दगी बिताउने
थुक्क ११ तिम्रो पतित विचारमा म थुक्छु११

अन्धविश्वास को नारा रटेर नास्तिक बनेका उरन्ठेउला तिमि
पपकर्न भुटेसरि जे पायौ प्याच्च बोलेर अर्को लाइ चुप मात्र गराउने तिमि
तामसि प्रवृतिमा विवेक गुमाएर दिसालाइ समेत गाँजरको हलुवा भन्ने तिमि
घृणाका पात्र हुँ कि हैन स्वमुल्यांकन को सिँढि नखोतल्याउने तिमि
थुक्क १११ तिम्रा पतित विचारमा म थुक्छु१११