फेसन डिजाइनर नायिकाको कवितामा स्वभाविकता

Smrit
काठमाडौं। नेपालभाषा चलचित्रको क्षेत्रमा अग्रता कायम गर्दैआएकी नायिका शोभा महर्जन नायिका मात्र नभइकन फेसन डिजाइनर पनि हुन। नायिका महर्जनको ललितपुरको कुमारीपाटीममा फेसन हाउस बुटिक पनि रहेको छ।

चलचित्रको अभिनयको अलावा प्राय गरेर कुमारीपाटीको बुटिकमा बढी टाइम दिदैआएकी नायिका महर्जनले ललितपुर महानगरपालिकामा स्थानीय दिदीबहिनीहरुलाई बुटिकको तालिम समेत प्रदान गरेर आत्मनिर्भर बन्ने र बनाउने कार्यमा टेवा दिएकी छन्। फेसन तथा बुटिक विषयमा अध्ययन गरेर बुटिक व्यवसायमा लाग्दैआएकी नायिका महर्जनले दर्जनौ फेसन शोको आयोजना पनि गरिसकेकी छन्।

त्यसको अलावा विभिन्न फेसन शोका कोरियोग्राफी गर्नुको अलावा फेसन डिजाइनिङका कार्यमा पनि अग्रता दिइसकेकी छन्। नेपाली तथा नेपालभाषाका दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी महर्जन अभिनित पहिलो चलचित्र पवन जोशी निर्देशित चलचित्र बसन्त–ऋतु हो। बसन्त–ऋतुमा स्वभाविक अभिनय गरेर चौतर्फी प्रशंशा बटुलेकी नायिका महर्जन नायिका मात्र नभइकन कवि पनि हुन। कविता तथा शायरी बेला बखतमा लेख्ने महर्जनको अर्को चाहना र शौख पनि हो।

“बदल्न सजिलो त तस्वीर रहेछ,तक्दिर बदल्न पो गाह्रो छ । ” यो पछिल्लो कविताले तहल्का नै मच्चाएको छ। हिजोआज नायिका महर्जन हाइकु लगायतका लामा तथा छोटा कविता लेखनमा पनि त्यतिकै तल्लिन बनेकी छन्। शोभा महर्जनका कवितामा स्वभाविकता तथा यथार्थता पाइने गरेको छ।