अष्ट्रेलियाकी चर्चित मोडलको नेपाली भिडियोमा अभिनय

काठमाडौं। अष्ट्रेलियाकी चर्चित मोडलले नेपाली गीतको भिडियोमा अभिनय गरेकी छन्। अष्ट्रेलियाकी चर्चित मोडल भिक्टोरिया म्यानटिनले पहिलो पल्ट नेपाली गीतको म्युजिक भिडियोमा अभिनय गरेकी हुन।

अष्ट्रेलियामा नै बसेर फिल्म मेकिङ संवन्धी अध्ययन गर्दैगरेका नेपाली निर्देशक अनिल गिरीव्दारा निर्देशित सुस्तरी बोलको गीतको भिडियोमा अष्ट्रेलियन मोडल भिक्टोरियाले अभिनय गरेको खुलासा भएको छ। अष्ट्रेलियाको सुन्दर समुद्री किनारा तथा रमणिय स्थानहरुमा भिडियोको छायाँकन गरिएको छ।

सुस्तरीमा पहिलो नेपाल आइडलमा टप ५ की गायिका सुजाता पाण्डेको शब्द संगीत र स्वर रहेको छ। निर्देशक गिरी लामोसमय देखि अष्ट्रेलियाको मेलबर्नमा बसेर सक्रिय रुपमा काम गर्दै आएका उनले धेरै अंग्रेजी सर्ट फिल्म र टी भी शोहरुको निर्देशन गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *