व्यापार घाटा घटेन , निर्यात बढेन

maitrinews

 

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालको व्यापार घाटा साढे ८ खर्बभन्दा माथि पुगेको छ । उच्च आयात र कमजोर निर्यातको प्रभाव व्यापार घाटामा देखिएको हो । भन्सार विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

आयातको ग्राफ उकालो लागेको यो अवधिमा निर्यातको ग्राफ भने साविकमा जस्तै टिठलाग्दो छ । ८ महिनाको अवधिमा नेपालले मात्र ८० अर्ब ७१ करोड रुपैयाँको मात्र वस्तु निर्यात गर्न सकेको छ ।

आठौं महिनासम्म आइपुग्दा यो वर्ष नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरेको छ । यस्तो आयात १ खर्ब २१ अर्ब ६१ करोड रुपैयाँ बराबरको भइसकेको छ ।

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग रहेको छ । सोही कारण व्यापार घाटा समेत सोही मुलुकसँग बढी छ । तथ्यांक अनुसार ८ महिनाको अवधिमा नेपालले भारतबाट ६ खर्ब २२ अर्ब ३० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसअवधिमा निर्यात भने मात्र ५८ अर्ब १९ रहेको छ ।