विजुली अव टुहुरीको निर्देशक–सुनिता ठाकुर निर्माता

काठमाडौं। तितो सत्य हांस्य सिरियलवाट विजुली नामवाट व्यापक चर्चामा आएकी हांस्य अभिनेत्री मञ्जु श्रेष्ठ निर्देशक पनि बनेकी छन्। अभिनेत्री मञ्जु श्रेष्ठ टुहुरी नामक सिरियवाट निर्देशक वनेकी हुन।

जन्मिदै आमा गुमाएकी टुहुरीको मन छुने कथामा आधारित सिरियल टुहुरीमा विजुली मञ्जु श्रेष्ठले तीन दशकभन्दा लामो कलाकारिताको अनुभवलाई व्यावहारिक रुपमा निर्देशनको माध्यमवाट पोख्ने कार्य गरेकी छन्। जुन सिरियल यथार्थपरक तथा मार्मिक भएको जिकिर टुहुरीकी निर्माता सुनिता श्रेष्ठ ठाकुरको रहेको छ।

टुहुरीमा अलिना रायमाझी, बिष्णु सापकोटा, कबिता शर्मा, रमेश केसी मट्टारे, मन्जु श्रेष्ठ, सुनिता श्रेष्ठ, अनुमति नेपाली, शिव शर्मा, रामबाबु रेग्मी, जयराम ढुङ्गना, बिना काफ्ले, बिमला बिटी, सन्ध्या खड्का, प्रेम खतिवडा ९बि०, अर्जुन डम्जली, धर्मराज जैसी लगायतका कलाकारहरुको स्वभाविक अभिनय रहेको छ।

टुहरी सिरियलमा बाल कलाकारहरु सारिका कंडेल, सिद्धिका कंडेल, आराध्य रेग्मी, प्रतिक्षा र आध्य कार्कीको पनि विशेष भूमिका रहेको छ। टुहुरी सिरियलाई रुढिबादी अन्धबिश्वाासले गालेको समाजमा मैनबत्तिको रुपमा प्रस्तुत गर्ने कार्य आफूवाट भएको विजुली मञ्जु श्रेष्ठले भनेकी छन्।

सन्जय राईको छायाङकन रहेको टुहुरीमा सम्पादन राज कार्कीले गरेको हुन । सिद्धिका फिल्मसको प्रस्तुति रहेको टुहुरी सिरियल नमस्ते कृश्ने ईन्टेरटाइन्मेन्ट युट्युबबाट छिट्टै आउने जानकारी पनि विजुली मञ्जु श्रेष्ठले दिएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *