चितवनमा पनि सफल भयो कलेजो प्रत्यारोपण

 

चितवन । काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।
चितवन मेडिकल कलेजमा आज भरतपुर महानगरपालिका १० निवासी ५४ वर्षकी धनकुमारी लामामा कलेजोको सफल प्रत्यारोपण गरिएको हो ।
कलेजका अनुसार लामाकी ३४ वर्षीया छोरी उषा तामाङले प्रत्यारोपणका लागि आमालाई कलेजो दिएकी हुन् ।
कलेजका विषेशज्ञ चिकित्सकहरू डा। सञ्जय यादव, डा। एकानन्द सिंह, डा। किरण अधिकारी, डा।बरुण श्रेष्ठ, डा। सागर पौडेल, डा। नवीन यादव, डा। सुरेश गौतम, डा। विज्ञान पौडेल, स्टाफ नर्स अन्जु थापा, श्रृति यादव र सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडा, एपोलो अस्पतालका डा। निरज गोयल, डा। अरुणकुमार, डा। सञ्जीव अनिजालगायतको टिमले गत चैत्र ८ गते १२ घण्टा लगाएर सफल प्रत्यारोपण गरेको हो ।

चिकित्सकका अनुसार लामाको स्वास्थ्य जाँच गराउदा कलेजो काम नलाग्ने गरी बिग्रिएकोले प्रत्यारोपणको विकल्प थिएन ।

बिग्रिएको कलेजोलाई पुनर्जीवन दिन बिरामीको छोरी उषाको शरीरमा असर नपर्ने गरी आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको हो ।