स्वेज नहरमा अड्किएको विशाल पानीजहाज सारिएपछि अवरुद्ध जलमार्ग सुचारु

इजिप्ट । स्वेज नहरमा गत मङ्गलवारदेखि अड्किएको स्थानबाट एउटा विशाल पानीजहाजलाई सारिएको विवरण प्राप्त भएको छ।
सोमवार सामाजिक सञ्जालमा प्रेषित भिडिओमा एभर गिभन नामक उक्त जहाजको पृष्ठभागलाई नहरको किनारातिर तानिएको र अवरुद्ध मार्ग खुलाइएको छ ।
पानीजहाज कम्पनी इन्चकेपले पनि उक्त पानीजहाज अड्किएको स्थानबाट हटाइएको जनाएको छ।
एभरग्रीन कम्पनीको स्वामित्वमा रहेको उक्त पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन टगबोट र ड्रेजरहरू प्रयोग गरिएको थियो।
इजिप्टको स्वामित्वमा रहेको उक्त जलमार्ग १९३ किलोमिटर लामो छ। त्यसलाई संसारको एउटा अतिव्यस्त व्यापारिक मार्ग मानिन्छ।