फ्लोर क्रस गर्ने कर्णालीका चार एमाले सांसद पार्टीबाट निष्काशित
काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा ह्वीप उल्लंघन गरी फ्लोर क्रस गर्ने चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाटै हटाएको छ । आज बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी निर्देशनविपरीत शाहीको पक्षमा मतदान गरेका प्रदेश सभा सदस्यहरुलाई पार्टी र प्रदेश सभा सदस्य पदबाट हटाएको हो ।
गतसाता पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनुभएको थियो । शाहीलाई विश्वासको मत दिने चारैजना भोलिपल्टै प्रदेश सरकारका मन्त्री बन्नुभएको छ ।
बैठकमा स्पष्टीकरण सोधिएका खनाल—नेपाल पक्षका २७ सांसदमाथि कस्तो कारबाही गर्ने भन्नेबारे छलफल भएको छ ।