कोरोनाको नयाँ भेरियन्ट झन डरलाग्दो, भेन्टिलेटरमा संक्रमितको चाप बढ्न थाल्यो ।

 

हाल बढीरहेको कोरोनाको नयाँ भेरियन्टले स्थिती झन भयावह बनाउँदै लगेको छ । जनस्वास्थ्य विज्ञका अनुसार यस भाईरसले संक्रमितको मत्युडर झन बढाउने देखिन्छ । स्वास्थ्य मन्त्रालयको एक तथ्याकं अनुसार उपत्यकामा आइसियूमा रहेका ६१ संक्रमित मध्ये ४६ जना भेन्टिलेटरमा रहेका छन् ।


मन्त्रालयको नयाँ तथ्याकं अनुसार अहिले उपत्यकामा कोराना संक्रमति बढ्दै गइरहेको देखिन्छ । अहिले उपत्यकामा मात्र ६ सयको हाराहारीमा संक्रमितहरुको उपचार भईरहेको छ । यही क्रम बढ्दै जानेहो भने केही हप्ता भित्रै स्थिती भयावह हुने र संक्रमितलाई उपचार गर्न कठिन हुने विज्ञहरुको भनाई छ । त्यसैले पनि सरकारको मात्र भरनपरी मानिसहरु आफै पनि सचेत हुनु पर्ने र संक्रमित बाट बच्न आवश्यक मापदण्ड अनुसारको सावधानी अपनाउनु पर्ने देखिन्छ ।