कोरोना महामारी विरुद्धको लडाईमा सवै एकजुट भएर लाग्न कार्यकर्तालाई निर्देशन
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक समितिको बैठकले कोरोना महामारी विरुद्धको लडाईमा सवै एकजुट भएर लाग्न पार्टीका सवै कमिटीहरुलाई निर्देशन दिएको छ ।
बैठकले प्रदेश, स्थानीय तह र जिल्ला कमिटीहरुसँग समन्वय गरि सवै कार्यकर्ताहरुलाई परिचालित हुन पनि निर्देशन दिएको नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताउनु भयो ।