सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने

Smrit

काठमाडौं। सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तत्काल देशब्यापी लकडाउन नगर्ने जानकारी दिएका हुन्।

व्यापक संक्रमण देखिएका ठाउँमा भने क्षेत्रगत रुपमा लकडाउन गर्न सकिने प्रवक्ता ज्ञवालीको भनाइ छ। अहिलेलाई सरकारको आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने रहेको मन्त्री ज्ञवालीले बताएका छन्।

लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको भन्दै मन्त्री ज्ञवालीले अर्थतन्त्र र जनजीविकामा लकडाउनले प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको उल्लेख गरे।