स्वास्थ्य मापदण्ड उल्लङघन गरी कार्यक्रममा भागलिएका मन्त्री कोरोना संक्रमित

काठमाडौं । सार्वजनिक पदमा वस्नेहरु नै सरकारले बनेको स्वास्थ्य मापदण्ड उल्लघंन गर्दै विभिन्न कार्यक्रममा जान थाले पछि धमाधम कोरोनाबाट संक्रमित हुन थालेको छ ।

यसैसन्दर्भमा पनि उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाक्री पनि सरकारले नै बनाएको कोरोना सम्बन्धि मापदण्डलाई उल्लघन गर्दै अर्धाखाँचीमा एक कार्यक्रममा सहभागी भएका थिए । त्यहाँबाट फर्केपछि उक्त कार्यक्रममा सहभागी हुने दश जना मध्ये उर्जा मन्त्री समेत नौ जनालाई कोरोना संक्रमण भएको हो।

संक्रमित भएपछि उनलाई सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको छ । स्वास्थ अवस्था अहिलेसम्म सामान्य रहे पनि थप सतर्कता अपनाउनु पर्ने भनी अस्पताल भर्ना गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सचिवालयमै रहेकाहरुपनि कोही कोही होम आइसोलेसनमा बसीरहेका छन् ।