निषेधाज्ञा उल्लंघन गर्दा ३ जना जेल चलान

maitrinews

 

बुटबल । निषेधाज्ञा उल्लंघन आरोपमा रूपन्देहीमा तीन जना जेल चलान भएका छन्।

कोरोना रोकथामका लागि त्यहाँ जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा अटेर गरेको र उल्टै प्रहरीसँग निहुँ खोजेको आरोपमा ३ जनालाई जेल पठाइएको हो।

उनीहरूलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको रूपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे, मायादेवी गाउँपालिका–४ का २७ वर्षीय दिनेश यादव सोही गाउँपालिकाकै वडा नम्बर २ का ३४ वर्षीय महेन्द्र कोहारले जरिवाना तिर्न नसकेकाले उनीहरूलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम जेल पठाइएको हो ।

जरिवाना तिरेका खण्डमा भने उनीहरू रिहा हुन सक्ने छन् ।