सुपरस्टार रुपेन्द्र श्रेष्ठको नयाँ भिडियो सार्वजनिक

काठमाडौं। नेपालभाषा चलचित्रका सुपरस्टार हिरो रुपेन्द्र श्रेष्ठ अभिनित म्युजिक भिडियो एक पछि अर्को आउने क्रममा विलकुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। भ्वासी जुया बोलको सुपरस्टार श्रेष्ठ अभिनित पछिल्लो नयाँ गीतको भिडियो रिलिज भएको हो।

नवोदित गायिका सुमन श्रेष्ठ मुनाको गायन रहेको भ्वासी जुया बोलको गीतमा सुपरस्टार हिरो श्रेष्ठका साथ नवोदित नायिका मुस्कान राजभण्डारीको मायाबी अभिनय रहेको छ। चन्देश्वर महर्जनको रचना रहेको गीतमा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ।

नेपालभाषा चलचित्रका लोकप्रिय निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको म्युजिक भिडियोका छायाँकार रकि महर्जन र सम्पादन बालकृष्ण वंशीको रहेको छ।