कोरोना जितेका ख्यातिप्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठको सन्देश

काठमाडौं। ख्यातिप्राप्त हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठ कोरोना जितेर अस्पतालवाट डिस्चार्ज बनेका छन्। ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा आठ दिन उपचार गरेपछि कोरोना जितेर शुक्रवार डिस्चार्ज बनेका हुन्।

कोरोना जितेर ललितपुर थेचो स्थित निवासमा फर्केपछि सवैलाई सन्देश दिदै अभिनेता श्रेष्ठले कोरोनाको यो महामारीमा कसैले कसैलाई पोलिटिकली इख नराखौ र सवैको भलो सोचौ भनेका छन्। सवैले सवैलाई माया गर्नुपर्दछ भन्दै जिन्दगी केही नभएको पनि तर्क गरेका छन्।

कोरोना महामारीको यो विषम परिस्थितिमा मनमा राक्षस होइन, भगवान राखेर कार्य गर्नुपर्ने सन्देश दिदै कोरोनाले साह्रै गलाउने रहेछ भनेर अनुभव सुनाएका छन्। पहिलाको कोरोनाले एकजनालाई मात्र छुने गर्दथ्यो भने अहिले परिवारलाई नै छुने गरेको र आफ्नो परिवारको पाँचैजनालाई कोरोनाले छोएको दुःखद कुरा पनि व्यक्त गरेका छन्।

आफ्नो भगवान आफ्नो छिमेकी भएको भन्दै यस्तो बेलामा एकले अर्कोलाई माया गरौ र सहयोग गरौं भन्दै सवै मिलेर कोरोनालाई जित्नु छ भनेर मन छुने सन्देश दिएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *