देशवासीको नाममा प्रधानमन्त्रीको सम्बोधन, कोरोना नियन्त्रणमा ध्यान केन्द्रित गर्न आह्वान

maitrinews

 

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै कोरोना नियन्त्रणमा ध्यान केन्द्रित गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री आलीले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयाश रनियन्त्रणका लागि नागरिकले निर्वाह गर्नुपर्ने भुमिकाको बिषयमा आफ्नो सम्बोधन केन्द्रीत गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले दोस्रो लहरको कोरोना महामारी नियन्त्रण एवम् रोकथामका लागि विज्ञहरुको सल्लाह अनुसार निषेधाज्ञा गरिएको बताउनुभयो ।

उहाँले वैशाख मसान्तसम्म गरिएको यो निषेधाज्ञा थप कडाइ हुने बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार दैनिक सात हजारभन्दा बढी नयाँ संक्रमित र ३ हजारभन्दा बढीको मृत्युु भइरहेको अवस्थामा नागरिकको जीवनरक्षा सरकारले पहिलो दायित्वको रुपमा लिइएको उहाँले बताउनुभयो ।

गत वर्षको कोरोना महामारीमा संकट व्यवस्थापन केन्द्रीय निर्देशन समिति निर्माण गरी समयमै गरिएको लकडाउनका कारण कोरोना संक्रमण नियन्त्रणमा सहयोग पुगेको प्रधानमन्त्री ओलीको भनाई छ ।

हालसम्म २१ लाखभन्दा बढीले कोरानाविरुद्दको खोप लगाइसकेको र दोस्रो डोजको खोप पनि ३ लाख ७० हजारले लगाइसकेको उहाँले बताउनुभयो । दक्षिण एसियामै सरकारले पहिलो पटक खोपको पहल गर्न सफल भएको प्रधानमन्त्री ओलीले बताउनुभयो।