प्रधानमन्त्रीव्दारा राजनीतिक दलहरूले प्रदर्शन, सभा र जुलुस गर्नु गलत भएको स्वीकार

Smrit

काठमाडौं । शनिबार अमेरिकी समाचार संस्था सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूले गत महिना राजनीतिक दलहरूले प्रदर्शन, सभा र जुलुस गर्नु गलत भएको बताउनुभयो ।

सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले  प्रदर्शन राजनीतिक भए पनि सामाजिक समस्या भएको उल्लेख गर्दै आफूहरूबाट हेलचक्र्याइँ भएको स्वीकार गर्नुभयो । कोभिड–१९ को महामारी अन्त्य नहुँदै राजनीतिक भेला र सम्मेलन गर्दा समस्या भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले उच्च जोखिम रहेको क्षेत्रमा संक्रमण फैलिन नदिन निषेधाज्ञा लागू भएकाले अहिलेसम्मको परिस्थिति नियन्त्रणमा रहेको बताउनुभयो । उहाँले कोभिड–१९ सँग लड्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनुभयो ।