श्रमिकदेखि श्रमजीवि पत्रकारसम्मलाई लकडाउनको मर्कामा राहत सहयोग

काठमाडौं। कोरोना महामारीको विषम परिस्थितिमा सरकार मौन बसेतापनि निम्न बर्गिय श्रमिकहरु देखि श्रमजीवि पत्रकारहरुसम्मलाई नेपाल समाजवादी काङ्ग्रेसले राहत दिएको छ। उनीहरुको मर्कामा थोरैभएपनि मल्हम लगाउने कार्य भएको हो।

राहतको नाममा कसैको पनि फोटो नखिकन श्रमजीवि पत्रकारहरुको सम्मान सहित खाद्यन्न राहत सहयोग दिने कार्य पार्टी अध्यक्ष गोविन्द निरौलाले गरेका हुन्। त्यस्तै निम्न बर्गिय श्रमिकहरुलाई पनि राहत दिने कार्य निरौलावाट भएको छ।

सोमवार आयोजित राहत वितरण कार्यक्रममा पार्टीका उपाध्यक्ष महेशमान सिंह, सचिव मानबहादुर गुरूङ, सह सचिव पुष्पा राणा घले,कोषाध्यक्ष दुर्गा गौतम र सदस्य दुर्गा भुसालको समेत उपस्थिति रहेको थियोे । पत्रकारहरुको समन्वय युगान्तर खबर डटकमका संचालनक ,सम्पादक वसन्त परियार र श्रमिकहरुको समन्वय सोनी शर्माले गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *