सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको कोरोनाले निधन

maitrinews

 

काठमाडौं । कोरोना र निमोनियालगायतबाट पीडित सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको आज विहिवारका दिन काठमाडौंको निदान अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

नेपाली कांग्रेसका नेतासमेत रहेका मल्ललाई शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा २०७४ माघ ३ मा प्रदेश प्रमुखमा नियुक्त गरेका थिए।

मल्ल २०३७ देखि २०४६ सालसम्म पञ्चायत सदस्य रहेका थिए। मल्ल पूर्वराष्ट्रिय पञ्चायतका सदस्य पनि थिए। कैलालीका मल्ल २०७० सालको संविधान सभा निर्वाचन अगाडि कांग्रेस प्रवेश गर्दै सक्रिय रहेका थिए।