सुन तोलामा एकैदिन ६,४०० र चाँदी ११० रुपैयाँले बढ्यो

काठमाडौँ, २६ साउन । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। हिजो सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला रु छ हजार ४०० र चाँदीको मूल्य प्रतितोला रु ११० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख सात हजार नौ सय निर्धारण गरिएको छ। यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार सात सय ८० कायम भएको छ।

हिजो सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार पाँच सय र चाँदी प्रतितोला रु चार हजार छ सय ७० मा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *