बर्षालाई ‘जात्रा र गोपी’ मध्ये कुन फिल्म मनपर्छ ?

maitrinews

काठमाडौं ।  फिल्म ‘नाईं नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा सुखद डेब्यू गरेकी वर्षा राउतले संख्यात्मक रुपमा आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तर, ‘जात्रा’ सिरिजबाहेक उनी सोलो अभिनेत्री रहेका फिल्म बक्सअफिसमा सफल छैनन् । ‘मेरो पैसा खोई रु, गोपी, चौका दाउ’ जस्ता फिल्म डिजास्टर हुँदा संकटमा परेको उनको करिअरलाई ‘जात्रा’ सिरिजले उकासेको थियो ।

यो फिल्मको पहिलो पार्टमा थोरै स्क्रिन स्पेश पाएकी वर्षाले सिक्वेलमा भने आफ्नो प्रभाव छाड्न सफल भएकी थिइन् । ‘जात्रै जात्रा’ मा उनको अभिनयको समीक्षक र दर्शकले प्रशंसा गरेका थिए । फिल्म पनि बक्सअफिसमा ब्लकबस्टर सावित भएको थियो । शुक्रवार इन्स्टाग्राममा एक प्रशंसकले उनलाई ‘जात्रा र गोपी’ मध्ये कुन फिल्म मनपर्छ भनेर सोधेको प्रश्नमा उनले ‘जात्रा’ सिक्वेलको आफू फिचर पोस्टर पोट्याएकी छन् । उनले सन्तुलित भाषामा जवाफ दिँदै लेखेकी छन्, ‘मलाई दुवै फिल्म मनपर्छ । तर, ‘जात्रै जात्रा’ मलाई व्यक्तिगत रुपमा मनपर्ने फिल्म हो ।’