आज ९८४१ संक्रमित डिष्चार्ज भने ९६ संक्रमितको मृत्यु

maitrinews

 

काठमाडौं, १४ जेठ। पछिल्लो २४ घण्टामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९८४१ संक्रमित डिष्चार्ज भएकाछन् । पछिल्लो २४ घण्टामा देशभर ६८५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ९६ संक्रमितको मृत्यु भएको छ ।
योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ हजार ४७ जनाको मृत्यु भएको छ । अहिले १ लाख १३ हजार ३९४ जना संक्रमित आइसोलेसनमा छन् ।