मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत, ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइयो
काठमाडौं । मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेशमार्फत बजेट ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको छ।
राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बजेट प्रस्तुत हुनेछ । आज दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। बजेटको आकार १६ खर्ब हाराहारी हुने अनुमान छ।