आज पछिल्लो २४ घण्टामा ६०८० जना कोरोनामुक्त

maitrinews

काठमाडौं । २४ घण्टामा ६०८० जना कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ४४८७ जना नयाँ संक्रमित थपिएका छन्। पिसिआर परीक्षणमा ४३११ र एन्टिजेन परीक्षणबाट १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १४ हजार ६ पिसिआर परीक्षण गरिएको छ । ७४६ एन्टिजेन परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ५ लाख ५३ हजार ४२२ जना पुगेको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १ लाख ११ हजार ५०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ११६ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या ७१६३ पुगेको छ।