लोकप्रिय बजेटको सकारात्मक असर, सेयर कारोबार रकममा नयाँ रेकर्ड

maitrinews

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८७९ को बजेट आएको भोलि पल्ट आइतबार सेयर बजार सकारात्मक देखिएको छ । सेयर बजारले छोटो समयका लागि सेयर कारोबार गर्नेलाई पुँजीगत लाभकर वृद्धि गरेको छ । यसले बजारमा नकरात्मक प्रभाव पर्नसक्ने आकलन थियो । तर नेपालको शेयर बजारको इतिहास हेर्दा प्रायः प्रतिकुल समयमा शेयर बजार बढ्ने रहेकोले पनि होला आज शेयर बजारको कारोवारले नयाँ रेकर्ड राखेको छ ।

एक जना शेयर ब्रोकरका अनुसार बजेटले गरेका अन्य व्यवस्था र निजी क्षेत्रले समेत बजेटको स्वागत गरेकाले यसको सकारात्मक असर सेयर बजारमा परेको हो । आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेको छ भने कारोबार रकम १७ अर्ब नाघेको छ ।