लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्यमा काँग्रेसका पाण्डे विजयी

maitrinews

 

दाङ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दीर्घनारायण पाण्डे विजयी हुनुभएको छ । उहाँ प्रतिद्वन्द्वीलाई ५२८ मतभारले पछि पार्दै विजयी हुनुभएको हो। पाण्डेले ४ हजार १४० मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्काले ३ हजार ६१२ मत पाउनुभयो ।

पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टी पार्टीको समर्थन थियो । पाण्डे यसअघि एमालेका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । उहाँले सांसदबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।