यस पटक पनि एसईई नहुने

 

काठमाडौं । विद्यालय तहको निर्णायक परिक्षा एसईई यो वर्ष पनि नहुने भएको छ । सरकारले यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसईई आन्तरिक मुल्यांकनकै आधारमा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले यस वर्ष पनि गत वर्षझैँ आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

परीक्षा गर्न अनुकूल नरहेकाले आन्तरिक मूल्यांकनबाटै विद्यार्थीको मूल्यांकन गर्न माध्यमिक शिक्षा परीक्षा बोर्डलाई निर्देशन दिने निर्णय भएको छ ।