तीन देशका लागि हवाई उडान खुला

maitrinews

 

काठमाडौँ । नेपालबाट तीन देशका लागि हवाई उडान खुला गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी नियमित उडान खुलेको हो।

टर्किश एअरलाइन्सले बिहीबारबाट उडान गर्नका लागि आवेदन नै दिइसक्यो। अब नेपाल एअरलाइन्स र चिनियाँले दिन्छन् उहाँले भन्नुभयो ।
प्रवक्ता क्षेत्रीका अनुसार यसै साताबाट तीनवटै स्थानमा उडान सुरु हुनेछ।
कतारको दोहा, टर्कीको इस्तानबुल र चीनको कुनै एउटा स्थानका लागि अन्तर्राष्ट्रिय उडान पुनः सुरु गर्ने निर्णय सरकारले गरेको थियो ।

यसअघि नेपाल एअरलाइन्स र एअर इन्डियाले नेपाल भारतबीच हप्तामा एक एकवटा उडान गर्दै आएका छन्।

त्यसबाहेक आन्तरिकका साथै अन्तर्राष्ट्रिय नियमित उडानहरू अहिले स्थगित छन्।