साझा पार्टीका नेता थापाको निधन

maitrinews

 

काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष एवम विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्वल थापाको निधन भएको छ । थापाको नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।

कोरोना संक्रमणले थलिएका उनको अत्याधुनिक एक्मो प्रविधिको सहायतामा उपचार भइरहेको थियो । तर फोक्सोमा दीर्घकालीन असर भइसकेकाले उनलाई बचाउन चिकित्सकहरु असफल भएका थिए ।

उनको निधनपछि नेपाली राजनीतिका शीर्ष नेता, कलाकार, बुद्धीजिवी, पत्रकारलगायतले उनले वैकल्पिक र आदर्श राजनीतिको शुरुवात गर्ने अभियन्ता भनेर स्मरण गरेका छन् ।